अन्य व्यवसायहरूबाट प्राप्त तपाईंका क्रियाकलापका आधारमा Facebook मा सामग्री देखाइने तरिका समायोजन गर्नुहोस्

लिङ्कको प्रतिलिपि बनाउनुहोस्
Android एप मद्दत
कम्प्युटर मद्दत
iPad एप मद्दत
iPhone एप मद्दत
मोबाइल ब्राउजर मद्दत
Facebook Lite एप मद्दत
हामी मानिसहरूलाई क्रमिक रूपमा Meta खातामा अपडेट गर्दै छौँ। तपाईं आफ्ना खातासम्बन्धी सेटिङ व्यवस्थापन गर्ने स्थानको रूपमा खाता केन्द्र वा Meta खातासम्बन्धी सेटिङ देख्न सक्नुहुन्छ।

तपाईं युरोपियन क्षेत्र वा संयुक्त अधिराज्यमा हुनुहुन्छ भने तपाईंका विज्ञापनसम्बन्धी छनौटहरू फरक हुन्छन्। तपाईंका विज्ञापनसम्बन्धी छनौटहरूका बारेमा थप जान्नुहोस्।

तपाईंका विज्ञापनसम्बन्धी प्राथमिकताहरूको पहुँच पाउन तपाईं Facebook मा लग इन हुनु पर्छ।
तपाईंलाई थप सान्दार्भिक विज्ञापनहरू देखाउन हामी विज्ञापनदाता र अन्य साझेदारहरूले हामीलाई उनीहरूका वेबसाइट तथा एपहरूमा तपाईंले गर्ने क्रियाकलापका साथै तपाईंका केही अफलाइन अन्तर्क्रियाका बारेमा प्रदान गर्ने जानकारी प्राप्त गर्छौँ र तिनको प्रयोग गर्छौँ। उदाहरणका लागि हामी तपाईंले कपडासम्बन्धी वेबसाइट खोल्नुभएको कुराका आधारमा हामी तपाईंलाई सर्टको विज्ञापन देखाउन सक्छौँ।
तपाईं आफ्ना विज्ञापनसम्बन्धी प्राथमिकताहरूमा आफ्ना विज्ञापन साझेदारबाट प्राप्त क्रियाकलापसम्बन्धी जानकारीसम्बन्धी सेटिङ समायोजन गरेर तपाईंलाई विज्ञापनहरू देखाउन हामी यो जानकारी प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने छनौट गर्न सक्नुहुन्छ।
विज्ञापनसम्बन्धी प्राथमिकताहरूले व्यवसायहरूले तपाईंलाई मार्केटिङ म्यासेजहरू पठाउन तपाईंको जानकारी प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा प्रभाव पार्ने छैनन्। तपाईं कुनै व्यवसायबाट मार्केटिङ म्यासेजहरू प्राप्त गर्न चाहनुहुन्न भने तपाईं सिधै च्याटमा तिनीहरूलाई ब्लक गर्न सक्नुहुन्छ।

खाता केन्द्रमा यो सेटिङ हेर्न र समायोजन गर्न निम्न कार्य गर्नुहोस्:

  1. Facebook को माथिल्लो दायाँ भागमा रहेको आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्।
  2. सेटिङ तथा गोपनीयता चयन गर्नुहोस्, त्यसपछि सेटिङमा क्लिक गर्नुहोस्।
  3. खाता केन्द्रमा क्लिक गर्नुहोस्, त्यसपछि विज्ञापनसम्बन्धी प्राथमिकताहरूमा क्लिक गर्नुहोस्।
  4. विज्ञापनसम्बन्धी सेटिङमा क्लिक गर्नुहोस्।
  5. विज्ञापन साझेदारहरूबाट प्राप्त क्रियाकलापसम्बन्धी जानकारीमा क्लिक गर्नुहोस्।
  6. सेटिङको समीक्षा गर्नुहोस् भन्ने विकल्पमा क्लिक गर्नुहोस्।
  7. हामी विज्ञापन साझेदारहरूबाट प्राप्त तपाईंले गरेका क्रियाकलापसम्बन्धी जानकारीका आधारमा तपाईंलाई विज्ञापनहरू देखाउन सक्छौँ कि सक्दैनौँ भन्ने छनौट गर्नुहोस्।
नोट: अहिले सबै जनाले खाता केन्द्रमा यो सेटिङ पहुँच गर्न सक्ने छैनन्। यी चरणहरूले तपाईंका लागि काम गरेनन् भने आफ्नो एप अपडेट गरी हेर्नुहोस् वा आफ्नो वेब ब्राजउरमा accountscenter.facebook.com मा जानुहोस्।
तपाईंले कुनै निश्चित विज्ञापन देख्न सक्नुको कारणबारे थप जान्नुहोस्।
नोट: तपाईंले विज्ञापन साझेदारहरूसम्बन्धी सेटिङबाट प्राप्त तपाईंको क्रियाकलापसम्बन्धी जानकारी परिवर्तन गर्नुभयो भने तपाईंलाई आफ्नो छनौट पुष्टि गर्न लगाइने छ।

विज्ञापन साझेदारहरूबाट प्राप्त क्रियाकलापसम्बन्धी जानकारी

यो सेटिङले विज्ञापन साझेदारहरूबाट प्राप्त तपाईंका क्रियाकलापसम्बन्धी जानकारीका आधारमा हामीले तपाईंलाई Instagram मा सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा नियन्त्रण गर्छ। तपाईंले यो सेटिङ अफ गर्नुभयो भने तपाईंले देख्ने विज्ञापन अझै पनि हाम्रो प्लेटफर्ममा तपाईंले गरेको क्रियाकलापमा आधारित रहन्छन्। हामीले तपाईंको प्रोफाइल उक्त सूचीमा रहेको जानकारीसँग मेल खुवाएका छौँ भने तिनीहरू कुनै खास व्यवसायले हामीसँग सेयर गरेको व्यक्ति वा डिभाइसहरूको सूचीको जानकारीमा आधारित पनि हुन सक्छन्।
तपाईंले विज्ञापन साझेदारसम्बन्धी सेटिङमा तपाईंको क्रियाकलापसम्बन्धी जानकारीमा कुनै रोजाई गर्नुभयो भनेस सो खाता केन्द्रमा भएका सबै खाताहरूमा लागु हुने छ।
नोट: तपाईंका खाताहरूमा फरक-फरक विज्ञापन अनुभवहरू हुन सक्छन् यदि तिनीहरू एउटै खाता केन्द्रमा थपिएका छैनन्।
खाता केन्द्रमा रहेका तपाईंले आफ्ना खाताहरूमा व्यवस्थापन गर्न सक्ने सेटिङका बारेमा थप जान्नुहोस्।
हामी अनलाइन गतिविधीमा आधारित विज्ञापनको स्व-नियामक सिद्धान्तको पालना गर्छौँ र डिजिटल विज्ञापन गठबन्धनक्यानाडाको डिजिटल विज्ञापन गठबन्धनडेटा-चलित विज्ञापनमा युरोपेली उद्योग स्व-नियामक फ्रेमवर्क ले निर्माण गरेको अप्ट-आउट कार्यक्रमहरूमा सहभागी हुन्छौँ। तपाईं यी साइटहरूमार्फत सहभागी सबै कम्पनीबाट अप्ट आउट गर्न सक्नुहुन्छ।

हो
अँह

Other ways to get help

Chat with Meta AI support assistant
Resolve issues, make changes and get support in real time